Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • श्रीमतीलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    श्रीमतीलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 3.3K
    SHARES

    सांकेतिक तस्विर

    बाजुरा । आफ्नै श्रीमतीलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा गौमुल गाउँपालिका ४ बस्ने गोरख रोकायालाई प्रहरीले पक्राउ गरेको छ।

    गोरखले बुधबार राती ३३ वर्षीया श्रीमती सुन्तु रोकायालाई भरुवा बन्दुकले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।



    भैंसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा फेला परेपछि बिहीबार बिहान मात्र माइती पक्षले प्रहरीलाई जानकारी दिएको थियो ।



    जानकारीपछि गौमुल गाउँपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृतकका श्रीमान गोरख रोकाया र एक थान बरुवा बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । मृतक सुन्तुको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।

    उनले श्रीमतीलाई किन गोली प्रहार गरे भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार