Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • दरबन्दी कटौतीसँगै डीआईजी वढुवामा कार्यक्षमता मूल्यांकनलाई आधार मानिने

    दरबन्दी कटौतीसँगै डीआईजी वढुवामा कार्यक्षमता मूल्यांकनलाई आधार मानिने

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 5.2K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त डीआईजी वढुवाको तयारी थालेको छ। सोमबारको मन्त्रीपरिषदले डीआईजीको अनावश्यक दरबन्दी संख्या कटौती गर्दै १४ मा झारेपछि बढुवा प्रक्रिया शुरु गरिएको हो।

    दरवन्दी कटौतीसँगै गृह मन्त्रालयले एसएसपीबाट डीआईजी बढुवामा वरियता मात्र नभई कार्यक्षमता मूल्यांकनलाई प्रमुख आधार बनाएर बढुवा प्रक्रिया थालेको  छ।



    अब प्रदेशमा पनि आईजीपीकै हैसियतमा अधिकार रहने गरि डीआईजीलाई खटाइने हुँदा सिनियर एसएसपी भए पनि कार्यक्षमतमा कमजोर रहेकाहरु बढुवामा नपर्ने संभावना छ ।



    ‘प्रदेशको प्रहरी प्रमुखले झन्डै २५ हजार प्रहरीहरुलाई नेतृत्व गर्ने हुँदा उक्त पदलाई महत्वपूर्ण ,चुनौती र संबेदनशिल मानिएको छ । त्यसकारण वरियतामा अगाडि भएर मात्र पुग्दैन, कार्यक्षमता र दक्षतालाई पनि हेरेर वढुवा प्रक्रिया थालिएको छ।’- गृह मन्त्रालयका एक उच्च अधिकारीले वताए।

    गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बस्ने बढुवा समितिले एक/ दुई दिनमै डीआईजी बढुवाको टुंगो लगाउने छ । रिक्त दश डीआईजीको लागि ९८ टोलि र १०१ टोलिका ३४ एसएसपीहरुबीच चर्को प्रतिस्पर्धा छ ।

    अब सातवटा प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) , विशेष ब्यूरो, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (प्रहरी महाशाखा), प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एकरएक गरि जम्मा १४ डीआईजी दरबन्दी रहनेछन्।

    हाल प्रहरीमा कार्यरत चार डीआईजीमध्ये निरजबहादुर शाही सीआईबी, प्रध्युम्न कार्की दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, सुर्यप्रसाद उपाध्याय प्रहरी प्रधान कार्यालय नक्साल र बिश्वराज पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।

    बरियता अनुसार ९८ टोलिका एसएसपीहरु घनश्याम अर्याल, गणेशबहादुर ऐर, पुरुषोत्तम कंडेल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, दिलीपकुमार चौधरी, राजेशकुमार लाल कर्ण र देवबहादुर बोहरा डीआईजी बढुवाको लाइनमा छन् । यि मध्ये कतिपय एसएसपीहरु कार्यक्षमतामा निकै कमजोर रहेको हुँदा यो समुहबाट तीन जना मात्र पर्ने संभावना छ।

    त्यस्तै १०१ टोलिका एसएसपीहरु धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्तकुमार लामा, रवीन्द्र बहादुर धानुक,दिवेश लोहनी, सहकुल थापा र अरुणकुमार बिसी समेत डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । सिंह,सुवेदी र धानुक सिनियर मात्र नभई क्षमतावन एसएसपी मानिन्छन् ।

    सो टोलिका बिश्वराज पोखरेल सबैलाई उछिनेर यस अगाडी नै डीआईजी भइसकेका छन् । थापा र बिसी कार्यक्षमता र दक्षताका आधारमा बढुवामा पर्ने संभावना छ।

    गृह स्रोतका अनुसार एसएसपीहरु गणेशबहादुर ऐर, घनश्याम अर्याल, पुरुषोत्तम कंडेल, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, बसन्तकुमार लामा, रबिन्द्र बहादुर धानुक, सहकुल थापा र अरुणकुमार बिसी मध्येबाट १० जना डीआईजीमा बढुवा हुने संभावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार