दीपक खाती / दार्चुलाको ब्याँस गाउँपालिका पुन एक पटक चर्चामा आएको छ । उसो त कालापानी,लिपुलेक को मुद्धाले पटक पटक छ.चर्चामा आईरहन्छ ब्याँस गाउँपालिका । भौगोलिक रुपमा विकट त्रीदेशीय सिमानाकामा पर्ने ब्याँस गाउँपालिका भित्र थुपै पाकृतिक सौन्दर्यता,धार्मीक एवं सांस्कृतिक सम्पदा,बहुमुल्य जडिबुटिको खानी भएपनी ब्याँस गाउँपालिकालाई भुमी मिचिएको गाउँपालिका,नागरिकले बर्षेनी तुईनको सिकार बन्नुपर्ने, आफ्नै गाउँ आवतजावत गर्न भारतिय बाटो प्रयोग गर्नुपर्ने गाउँपालिका भनेर ब्याँसको परिचय बनेको छ ।
कहिलेसम्म ब्याँसका नागरिकले आफ्नै गाउँ आवतजावत गर्न भारतिय सुरक्षाकर्मीको अभद्र व्यवहार सहेर मृत्युलाई हत्केलामा राखेर महाकाली माथि तुईनमा झुन्डिनु पर्ने हो? आज यो प्रश्नले फेरी एक पटक तिनै तहका सरकार र आम सरोकारवालाहरु लाई प्रहार गरिरहेको छ ।
२०७८ साउन १५ गते ब्याँस गाउँपालिका वडा नं.२ मालका ३३ बर्षका जयसिंह धामी बैदेशिक रोजगारीमा जाने सपना बोकी तुईन तरेरै दार्चुला सदरमुकाम आईरहेका बेला भारतिय सिमा सुरक्षा बलका जवानले तुईन फुकालिदिदा जय सिंह उर्लिदो महाकालीमा वेपत्ता भए । जय सिंहसंगै उनको सपना र परिवारको भरोसा पनि महाकालीमा विलाए ।
बाच्न पाउने अन्तराष्ट्रि मानव अधिकारको न्यूनतम मानवीय मुल्य मान्यता र नेपाल भारत सिमा क्षेत्रमा चलिआएको व्यबहारिक सम्बन्ध जस्ता समाजिक मुल्य मान्यतालाई चुनौती दिदै माल बस्ने जय सिंह धामी तुईन तरिरहेको अवस्थामा तुईन फुकालिदिएर जिउदै महाकाली नदीमा बगाएको घटना अमानवीयताको पराकाष्टता हो । उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले छानबिन टोलि गठन गरी दार्चुला पठाएको छ । उक्त टोलिले सत्यतथ्य छानबीन गरेर घटनाको वास्वीकता बाहिर ल्याएर दोषीलाई कारबाहि,पिडित परिवारलाई न्याय र राहत हुने गरि प्रतिवेदन बनाए मात्रै जयसिंह धामीको आत्मालाई शान्ति मिल्ने छ ।
तुईन को दिर्घकालिन समाधान
ब्याँस गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष धिरन सिंह बुढाथोकीका अनुसार २०५० देखी हाल सम्म वडा नं.२ का मात्रै २६ जना जति तुईनको सिकार बनेका छन् । अझै कति जनाले तुईनमा ज्यान गुमाउनुपर्ने हो थाहा छैन । अब सरकारले तुईनको दिर्घकालिन समाधान गर्न तर्फ ध्यान दिए मात्रै तुईनको सिकार बनेकाहरुको आत्मालाई शान्ती र बाध्यताले तुईन तर्नुपर्ने ब्यासी जनतालाई मुक्ति मिल्ने छ ।
मालको तुईनको घटनाको छानविन गर्न आएको टोलिले घटनाको सत्यतथ्य संगै ब्यासी जनता किन तुईन प्रयोग गर्छन भन्ने कुराको गहन अनुसन्धान गरेर तुईन तर्नुको कारण समेत प्रतिवेदनमा समावेश गर्न जरुरी छ ।
यातायातको पहुँच नपुग्नु
भौगोलिक रुपमा विकट ब्याँस गाउँपालिलाई सदरमुकामसंग जोड्ने एक मात्रै सडक दार्चुला तिंकर सडकले १२ बर्षमा अरबौ रुपैया खर्चेर पनी गति लिन सकेको छैन । न त सदरमुकाम देखी खलंगा सम्म जोड्ने गतिलो गोरेटो बाटो नै छ । बल्लतल्ल गाउँपालिका सदरमुकाम सम्म ट्याक्टर पुगे पनी बर्षको ४ महिना बर्षातको कारणले अबरुद्ध हुन्छ । अर्को कुरा दार्चुला तिंकर सडक निकै घुमाउरो भएको हुनाले जनताले सहजताको लागि र छोटो समयमा सदरमुकाम पुग्न तुईन तरेर भारतकै बाटो प्रयोग गर्न बाध्य छन् । दार्चुला सदुमुकाम देखी सुन्सेरा सम्मको दुरी २२/२३ किलोमिटर होला तर दार्चुला तिंकर सडक लाई विभिन्न गाउँबस्ती घुमाएर ४० किलोमिटरमा सुन्सेरा पुगाएको छ । सुन्सेराबाट गाडि चढेर नेपालको बाटो हुदै सदरमुकाम पुग्न ५/६ घण्टा लाग्छ तर सुन्सेरा बाट तुईन तरेर भारतको बाटो हुदै खलंगा आउन जम्मा १ घण्टा लाग्छ । त्यसैले रणनैतिक महत्तव बोकेको सडक यति घुमाउरो बन्नु कतिको न्यायोचित हो भन्ने कुरालाई मनन गरी कालापानी क्षेत्र छाङरु तिंकर जोड्ने सब भन्दा छोटो मार्ग राष्ट्रियता र सीमा सुरक्षका दृष्टिकोणले समेत महत्तव राख्ने श्रीबगड तोसराडि कालागाड हुदै ब्याँस गा.पा केन्द्र सुन्सेरा र माल जोड्ने सडक निमार्णको लागि बजेट विनियोजन गरि तत्काल सडक निमार्णकार्य सुरु गर्नु पर्छ ।
झोलुङ्गे पुल निर्माणमा ढिलासुस्ति
साउन १५ गते जय सिंह धामीको ज्यान लिएको तुईन भन्दा १० मिटर पुर्व नेपालको माल र भारतको गस्कु जोडने र ब्याँस ४ को मडगाउँ र भारतपट्टिको मलघट्टे जोड्ने झोलुङ्गे पुल निर्माणगर्न ठेक्का पाएको खम्पाचे रुविना जे.भी चाविहिल काठमाण्डौ ले पुलको शिलान्यास भएको ३ बर्ष पुग्दा सम्म किन पुल बनाएन । समयमै पुल बनेको भए भारतिय सुरक्षाकर्मीको अभद्र व्यवहार सहनु परे पनि कमसेकम आज जय सिंहले त अकालमै ज्यान गुमाउनु पर्ने थिएन । जय सिंह धामीले अकालमै जिवन गुमाउनुमा भारतिय सिमा सुरक्षाका बलका जवान संगै समयमै पुल नबनाउने ठेकेदारको पनि दोष छ । सरकारले पुल निर्माणमा ढिलाई हुनुको कारण पत्ता लगाई तिब्र गतिमा पुल निर्माणको कार्य सुचारु गर्नुपर्दछ ।
व्यवस्थित तुईन
हामीले जति जे भने पनि ब्याँस जोड्ने छोटो मार्ग नबनुन्जेलसम्म या दार्चुला तिंकर सडकको स्तरोउन्नती नहुन्जेलसम्म ब्याँस बासी जनताको लागि दार्चुला सदरमुकाम आवतजावत गर्न, दैनिक उपभोग्यका सामाग्री तथा औषधि उपचारको लागि सजिलो र छोटो माध्यम भनेकै तुईन र भारतिय बाटो भएकाले अब नेपाल सरकारले भारत सरकारसंग समन्वय गरेर दुवै देश तर्फ सुरक्षाकर्मी खटाई निश्चित समयका लागि नचुडिने गरी बलियो तुईन लगाउनु पर्छ। नभए २०७४/०७५ मा दुम्लिङमा लगाए जस्तो नेपाल भारतको प्रशासनिक सहमतिमा काठे पुल लगाउनु पर्छ ।
Leave a Reply