Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • हात्तीको दाँतसहित ३ जना पक्राउ

    हात्तीको दाँतसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ साउन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    बाँके। जिल्लाको बैजनाथ गाउँपालिका-६ सम्झना चोकबाट हात्तीको जस्तो देखिने २ वटा दाँतसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा दाङ बबई गाउँपालिका-५ बस्ने ५० वर्षीय दल बहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका-३ बस्ने ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँ बस्ने ४८ वर्षीय धन बहादुर सुनार रहेका छन् ।



    उक्त चोकमा अवैध वन्यजन्तुका अंगको खरिद बिक्री भइरहेको भन्ने सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त दाह्रा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार