Online Nepal
  • बुधबार, १० पुष २०८१
  • कोरोना भाइरस

    थप २५ जनाको मृत्यु, मृतकको संख्या १० हजार नाघ्यो

    थप २५ जनाको मृत्यु, मृतकको संख्या १० हजार नाघ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २२ साउन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ३  हजार ७२९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप १ हजार ८८५ जना सङ्क्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५ हजार ६७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २,४३०  र एन्टिजेन विधिबाट १,२१९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ जना र एन्टिजेन विधिबाट ६७ हजार ०८० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हाल नेपालमा ३१ हजार ४२७ जना होम आइसोलेसन, ३ हजार ५१५ जना संस्थागत आइसोलेसन, ७३२ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत छन् ।



    हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ६५ हजार ५४८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

    त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट आज थप २५ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ०१९ पुगेको छ ।

    नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ । हालसम्म देशभर ३६ लाख ६५ हजार ८३५ नमुनाको पीसीआर परीक्षण भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार