Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • लागूऔषध बेचबिखन तथा कारोबारमा संलग्न गिरोह नै पक्राउ

    लागूऔषध बेचबिखन तथा कारोबारमा संलग्न गिरोह नै पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २१ साउन २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    कास्की । प्रहरीले लागुऔषध बेचबिखन तथा कारोबारमा संलग्न एक गिरोहलाई नै पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र रुपन्देहीको समन्वयमा आगूऔषध बेचबिखनमा संलग्न २ महिलासहित ४ जनालाई पक्राउ गरिएको हो।

    जिल्ला प्रहरी कार्यालय र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले शुरुमा पोखरा महानगरपालिका वडा नं. १ बगर बस्ने वर्ष ४९ को अर्जुन कुमार गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको थियो।



    गुरुङको साथबाट प्रहरीले डाईजेपाम ६७०, फेनरागन ६७० र ब्रपिनर्फिन ६७४ एम्पुल बरामद गरेको थियो। गुरुङलाई नियन्त्रण लिइ सोधपुछका क्रममा उनले रुपेन्देहीको भैरहवा बस्ने ‘रमेश गुप्ता’ भनेर चिनिने प्रकाश बाँनियामार्फत लागू औषध खरिद गर्ने गरेको पाइएको थियो।



    कास्की प्रहरीको पत्राचारपछि रुपन्देही प्रहरीले गुप्तासहित ३ जनालाई पनि लागूऔषधसहित नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने अन्य व्यक्तिहरुका बुटवल उपमहानगरपालिका वडा नं. २ मैनावगर बस्ने वर्ष ४५ की सानदेवी पुन र नवलपरासीको सरवाल गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ३४ की सुभादेवी हरिजन रहेका छन्।

    उनीहरुलाई बिक्री गर्नको लागि ल्याउँदै गरेको लागूऔषध फेनरागन ४५७, नुफिन ४६२, सेरीजेट ४७६, नाईट्रोसन ६७५ चक्की र नाईट्रोभ्याट ७० चक्कीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ। हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार