Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउन उल्लघंन गर्ने बढे,उपत्यकामा मात्र एकै दिन २६ सय ८५ जना नियन्त्रणमा

    लकडाउन उल्लघंन गर्ने बढे,उपत्यकामा मात्र एकै दिन २६ सय ८५ जना नियन्त्रणमा

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 3.9K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं। प्रहरीले उपत्यकामा मात्र आज लकडाउन उल्लघंन गर्ने ६ सय ५९ महिला सहित २६ सय ८५ जनालाई नियन्त्रणमा लिएको छ ।

    प्रहरीले आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको महानगरिय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। त्यस्तै, प्रहरीले २ सय ९७ वटा दुई पाङ्ग्रे र २४ वटा चारपाङग्रे गरी ३ सय २१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।



    काठमाडौंबाट सबैभन्दा बढि २१ सय ५७ जनालाई नियन्त्रणमा लिइएको छ भने ललितपुरबाट ४ सय ८० र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएको छ ।



    कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार