Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • दार्चुला घटनाः

    गगनको प्रश्नै प्रश्न, गृहमन्त्रीको एउटै जवाफ

    गगनको प्रश्नै प्रश्न, गृहमन्त्रीको एउटै जवाफ

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले जयसिंह धामी घटनाका बारेमा गृहमन्त्री बालकृष्ण खाणसँग जवाफ मागेका छन्।

    धामी घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो संलग्नता छैन भन्ने जवाफ दिएकोबारे थापाले गृहमन्त्रीसँग जवाफ माग गरेका हुन् ।



    गत साउन १५ मा तुइन तर्ने क्रममा दार्चुलास्थित व्यास २ का ३३ वर्षीय धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए। एसएसबीले तुइनको डोरी काट्दा उनी महाकालीमा बेपत्ता भएको निवेदन प्रहरीमा परेको छ।



    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले भने–‘जयसिंह धामीको घटनामा भारतीय पक्षले भारतीय सीमा सुरक्षा बलको कुनै संलग्नता नरहेको जिकीर गर्‍यो भन्ने मिडियामा आएको छ सत्य के हो ?’ भारतीय पक्षले आधिकारिक रूपमा आफ्नो संलग्नता नरहेको भनेको हो ? यदी यस्तो हो भने छानबिन समितिलाई भारतीय पक्षले कस्तो सहयोग गर्ला ?’

    त्यसैगरी थापाले गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाएर ल्याउँछ भन्ने कुराको विश्वास गृहमन्त्रीले आफूहरूलाई कसरी दिलाउने भन्ने पनि प्रश्न राखेका थिए ।

    उनले १०१२ मा इटलीनमरिनहरूको गोलीले २ जना भारतीय मछुवारको हत्या हुँदा भारतीय सरकार तीन चार वर्षसम्म लगातार लडेको उदाहरण देखाउँदै थापाले भने–‘जयसिंह धामीको हत्याको सन्दर्भमा सत्यतथ्य बाहिर आइसकेपछाडि नेपाल सरकारले जसरी भारत इटलीसँग लड्यो त्यसैगरी हाम्रो सरकार भारतसँग त्यस्तैगरी जमेर, डटेर लड्छ भन्ने विश्वास गृहमन्त्रीले कसरी दिलाउनुहुन्छ ?’

    थापाले यति धेरै प्रश्न गर्दा गृहमन्त्री खाँणले भने घटनाबारे सत्यतथ्य बुझ्ने काम भइरहेको जवाफ दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार