Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • दार्चुला घटना: भारतसमक्ष विरोध जनाउन सरकारसँग एमालेको माग

    दार्चुला घटना: भारतसमक्ष विरोध जनाउन सरकारसँग एमालेको माग

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेले दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाउन सरकारसँग माग गरेको छ ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा एमालेले भारतीय सीमा सुरक्षा बलले महाकालीमाथिको तुइन ‘काटिदिँदा’ जयसिंह धामी नदीमा बेपत्ता भएको घटनाबारे औपचारिक विरोध जनाउन माग गरेको हो ।



    दार्चुलाबाट प्रतिनिधित्व गर्ने एमालेका सांसद गणेशसिंह ठगुन्नाले एमालेको तर्फबाट बैठकमा भने ‘यो घटनाको छानबिनको लागि संसदीय छानबिन समिति गठन गरियोस्,’ ठगुन्नाले भने, ‘यो घटनाको औपचारिक रूपमा भारतसमक्ष विरोध जनाइयोस् र दोषीलाई कारबाही गर्न पहिल गरियोस् ।’



    यस्तै, सांसद ठगुन्नाले दार्चुला खलङ्गा-तिंकर-कालापानी सडकलाई राष्ट्रिय गौरव आयोजनामा राख्न माग गरेका छन् । उनले त्यो सडक खन्ने जिम्मेवारी नेपाली सेना र स्थानीय युवाहरूलाई दिन पनि माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार