Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • मन्त्रिपरिषद विस्तारमा अझै ढिलाइ हुने, शीर्ष नेताबीच भयो यस्तो सहमति

    मन्त्रिपरिषद विस्तारमा अझै ढिलाइ हुने, शीर्ष नेताबीच भयो यस्तो सहमति

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । लामो समयदेखि कसरत गरिए पनि कहिले भागबन्डा टुंगो नलाग्ने, कहिले मन्त्रीहरुको टुंगो नलाग्नाले मन्त्रिपरिषले पूर्णता पाउन सकेको छैन। मन्त्रिपरिषद विस्तारमा अझै पनि ढिलाई हुने भएको छ।

    सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मा मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएपचि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदर विस्तारमा हतार नगर्ने भएका छन्।



    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सोमबार बालुवाटारमा भएको छलफलमा मंगलबारसम्म न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको हो।



    प्रधानमन्त्री नियुक्त भएको तीन साता पुग्दा पनि सरकारले पूर्णता नपाएको भन्दै आलोचना भइरहेको छ। तर सोमबार शीर्ष नेताहरुबीच गठबन्धन सरकारका न्यूनतम कार्यक्रमपछि मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

    सोमबार छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष यादव सहभागी थिए। शीर्ष नेताहरुबीच सरकारलाई प्रभावकारी बनाउनेबारे केन्द्रित भएको कांग्रेस महामन्त्री खड्काले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार