Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • दार्चुला घटनामा एसएसबीको संलग्नताबारे गृहमन्त्री नै मौन !

    दार्चुला घटनामा एसएसबीको संलग्नताबारे गृहमन्त्री नै मौन !

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले दार्चुला जिल्लाको महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका नागरिकको घटनाबारे राष्ट्रियसभामा जानकारी गराएको छ ।

    सोमबार राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताए । तर भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नताबारे उनी मौन रहेका थिए।



    उक्त घटनाको जानकारी गराउदै मन्त्री खाँणले यसबारे छानविन गर्न गृह मन्त्रालय अन्तर्गत सहसचिव नेतृत्वको टोली आज त्यसतर्फ प्रस्थान गरेको जानकारी दिए।



    यसअघि नै जिल्लाबाट गएको टोलीले जयसिंहभन्दा अगाडि तुइन गरेर पारी पुग्नेहरुसँग सोधपुछ गरेको र वारी रहेकाहरुलाई सदरमुकाम बोलाइएको उनले बताए । तर उनले प्रत्यक्षदर्शीहरुले भने जस्तो भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको तार काटेको/फुकाएको विषयमा केही बोलेनन् ।

    सांसदहरुले एसएसबीले तुइन काटेकै कारण जयसिंह नदीमा खसेको भनेर प्रत्यक्षदर्शीहरुले भनिसक्दा पनि सरकार किन मौन बसेको भनेर प्रश्न गरेका थिए।

    जवाफका क्रममा गृहमन्त्री खाँणले भने आम नागरिक र सांसदहरुको धारणालाई सरकारले गम्भीर रुपमा लिएको बताए । तर आफैंले छानविनका लागि समिति बनाएकाले त्यसलाई प्रभावित हुने गरी राय दिन नमिल्ने बताए ।

    गत शुक्रबार भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेका ३३ वर्षीय धामी तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । सो घटनाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले पाँच सदस्यीय समिति गठन गरेका थिए ।

    समितिमा नेपाल प्रहरीका महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार