Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अर्थसचिवमा मधु मरासिनी, ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा तानियो

    अर्थसचिवमा मधु मरासिनी, ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा तानियो

    अनलाइन नेपाल
  • आइतबार, १७ साउन २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं। सरकारले अर्थसचिवमा मधु मरासिनीलाई सरुवा गरेको छ ।

    गत साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार यसअघि महालेखा नियन्त्रकमा रहेका मरासिनीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको हो।



    यस्तै, यसअघि अर्थमा रहेका शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा सरुवा गरिएको छ।



    नयाँ सरकार बनेपछि अर्थसचिव बन्ने दौडमा महालेखा नियन्त्रक मरासिनीसँगै प्रधानमन्त्री कार्यालयका सचिव वैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीलगायत थिए ।

    यसैगरी, मन्त्रालयनिकट उच्चस्तरिय स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा सरुवा गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार