Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनको समयमा किन हतियार बोकेका थिए वडाध्यक्षले

    लकडाउनको समयमा किन हतियार बोकेका थिए वडाध्यक्षले

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 4.1K
    SHARES

    फाइल : तस्बिर

    कञ्चनपुर। लकडाउनको समयमा वडाध्यक्षको गाडीबाट कञ्चनपुरमा दुई थान हतियार  फेला परेपछि प्रहरीले गम्भिर रुपमा अनुसन्धान अगाडि बढाएको छ।

    कैलालीको गोदावरी नगरपालिका– १० का अध्यक्ष गुड्डु भनेर चिनिने रवीन्द्रबहादुर शाही भारतीय डिएल–३ सिसिआर ३९९७ नम्बरको टोयटा फर्चुनरको गाडीमा हतियार बोकेर हिंडेको अनुसन्धानका क्रममा खुलिसकेको छ।



    उनले कुन प्रयोजनका लागि हतियार बोकेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले गाडीबाट प्वाइन्ट टु–टु एसएलआर एक थान, त्यसको बुलेट १४ थान, एयरगन एक थान तथा त्यसको छर्रा १९६ थान बरामद गरेको जनाएको छ ।



    पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुरमा मंगलबार बेलुकी भारतीय नम्बर प्लेटको उक्त गाडीबाट प्रहरीले लाइसेन्स नभएको दुई थान बन्दुक बरामद गरेको थियो ।

    गाडी कैलालीको गोदावरी नगरपालिका– १० का अध्यक्ष गुड्डु भनेर चिनिने रवीन्द्रबहादुर शाही चढेको अनुसन्धानका क्रममा खुलिसकेको छ।
    आफैँ गाडी चलाइरहेका वडाध्यक्ष शाही प्रहरीको टोली देखेपछि गाडी रोकेर भागेका थिए ।

    उक्त गाडी गोदावरी नगरपालिका– १० का वडाध्यक्ष शाहीले चलाइरहेको प्रमाण भेटिएकाले शाहीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार