Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • तुइन घटनाको सत्यतथ्य छानबिन गर्न ३ सुरक्षा निकायका अधिकारी घटनास्थलमा

    तुइन घटनाको सत्यतथ्य छानबिन गर्न ३ सुरक्षा निकायका अधिकारी घटनास्थलमा

    अनलाइन नेपाल
  • शनिबार, १६ साउन २०७८
  • 2.9K
    SHARES

    दार्चुला । दार्चुलामा भएको तुइन घटनाको छानबिन गर्नका लागि ३ वटा सुरक्षा निकायका अधिकारीहरु घटनास्थलमा गएका छन्। सत्यतथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल गण नम्बर–४४, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको टोली घटनास्थलमा गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी दिएकाृ छ।

    भारतीय प्रहरी बल एसएसबीले तुइनको डोरी निकालिदिएपछि महाकाली नदीमा नेपाली युवक जयसिंह धामी बेपत्ता भएका थिए। दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीका अनुसार सो घटनाको सम्बन्धमा सत्यतथ्य जानकारी गराई, आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भनि भारतीय पक्षलाई पत्राचार गरिएको छ।



    साउन १५ मा ब्यास गाउँपालिका वडा नम्बर–२ खाङदाङ मालघाटबाट तुइनमार्फत भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउँदै गर्दा ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए। भारतीय एसएसबीका जवानले तुइनको डोरी काटेपछि धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्।



    ब्यास गाउँपालिका–२ माल बस्ने वर्ष ३३ का जयसिंह धामीको अवस्था अझै अज्ञात छ। सो घटना अनुसन्धान र छानविनको क्रममा रहेको हुनाले दुई देशको सम्बन्धमा खलल पार्ने किसिमले प्रचार नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार