एजेन्सी । मुम्बई उच्च अदालतले सञ्चार माध्यम र सामाजिक सञ्जालमा शिल्पा सेट्टी र राज कुन्द्राको विषयमा समाचार छापिनु मानहानी नभएको बताएको छ।
बलिउड अभिनेत्री शिल्पा शेट्टीले दायर गरेको मुद्दाको विषयमा उच्च अदालतले यस्तो भनेको हो।
सुनुवाइपछि शेट्टीविरुद्धका केही भिडियोहरू भने हटाइएको छ। न्यायाधीश गौतम पटेलले शिल्पाको निवेदनमाथि मध्यनजर गर्दै मिडियामाथि रोक लगाउनु प्रेस स्वतन्त्रतामाथि गलत प्रभाव पर्ने उल्लेख गरिएको छ। सुनुवाइको क्रममा प्रहरीका अनुसार समाचार बनाउनु गलत नभएको उल्लेख गरिएको छ।
नायिका शिल्पा शेट्टीले २९ मिडियाकर्मी र मिडियाबिरुद्ध मुम्बई उच्च अदालतमा मानहानीको मुद्दा दायर गरेकी थिइन्। उनले मिडियाले झूठो रिपोर्टिङ गरेको र आफ्नो छवि बिगारेको शेट्टीले आरोप लगाएकी थिइन्।
अश्लील फिल्म निर्माण र प्रसारणको मामलामा शिल्पाका पति राज कुन्द्रा विवादमा फसेका छन्। हरेक दिन यो विषयसँग जोडिएर केही न केही समाचारहरु भारतीय मिडियामा आइरहेका छन्। जसका कारण शिल्पाका पति झन्–झन् समस्यामा पर्न थालेपछि शिल्पाले मिडिया विरुद्ध मुद्दा हालेकी हुन्। राज कुन्द्राको अश्लील भिडियो निर्माणको मामलामा अभिनेत्री शिल्पा शेट्टीसँग पनि सोधपुछ भएको छ।
Leave a Reply