टीकापुर — कैलालीको कन्द्रा नदीमा डुबेर २ बालिकाको मृत्यु भएको छ। भजनी नगरपालिका–९ डोङ्गपुरका ९ वर्षीया लक्ष्मी सिंह र ७ वर्षीया जेनी चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
कन्द्रा नदीमा शुक्रबार साँझतिर नुहाउन जाँदा उनीहरुको मृत्यु भएको बताइएको छ। उनीहरुसँगै नुहाउन गएकी ६ वर्षीया अनु सिंह बेपत्ता रहेकी र खोजी भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply