काठमाडौँ । कलाकार एवं मोडल दुर्गेश थापाले राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपाललाई नै बेवास्ता गरेका छन्।
गत साउन ७ गते राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले कलाकार थापाले आगामी तीजलाई लक्षित गर्दै बजारमा प्रस्तुत गर्न लागेको गीतमा धनाकर्षण गराएपनि उनले बेवास्ता गरेका हुन्।
कलाकार थापाले तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरेको बिच्च बिच्चमा -४ गीतमा प्रयोग भएको ख्यास्स पुतली शब्दमा प्रतिष्ठानले ध्यानाकर्षण गराएको थियो । तर उनले प्रतिष्ठानको मन मर्यादाको समेत अपमान गरेर सो गीत सार्वजनिक गरेका छन्।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र संयोजक शिव हमालले संयुक्त रुपमा प्रतिष्ठानका तर्फबाट कलाकार थापालाई पत्र लेख्दै कलाकारितामा सबैभन्दा ठुलो नैतिकता र इमान्दारिता हुने भन्दै पैसा र चर्चाका पछि नलाग्न समेत सुझाव दिएका थिए ।
यस्तै, प्रतिष्ठानले गीतमा प्रयोग गरिएको सो शब्द उचित नभएकाले फेरबदल गरेर प्रस्तुत हुन समेत निर्देशन दिएको थियो तर गायक थापाले केही परिवर्तन नगरी बजारमा ल्याएका छन्।
यस्तो थियो प्रतिष्ठानको पत्र :
Leave a Reply