Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन

    बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिएका छन् ।

    बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी पहिराले ठूलो क्षति पु¥याएको भन्दै उक्त स्थानमा तत्काल प्राविधिक टोली खटाएर अध्ययन गर्न निर्देशन दिएका हुन् ।



    मन्त्री खाँणले बाढीपहिराका कारण कतिपय स्थानमा आवतजावतसमेत रोकिएको उल्लेख गर्दै त्यस्ता स्थानमा हेलिकोप्टरबाट आपूर्तिको व्यवस्था मिलाउनुपर्ने बताए । उनले प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर क्षतिको अध्ययन गरी प्रतिवेदन पेश गर्न र आवश्यक थप बजेटका लागि अर्थ मन्त्रालयसँग माग गर्नसमेत निर्देशन दिएका छन् ।



    छलफलमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतको सहभागिता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार