Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कालीमाटी तरकारी बजार बन्द, काठमाडौंका ११ ठाउँबाट तरकारी बेचिने

    कालीमाटी तरकारी बजार बन्द, काठमाडौंका ११ ठाउँबाट तरकारी बेचिने

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 4.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि सरकारले देशकै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार बन्द गरेको छ ।

    हामीले पटक–पटक कालीमाटी तरकारी बजारमा भीड हुँदा कोरोनाको संक्रमण हुन सक्ने भन्दै प्रभावकारी कदम चाल्न आग्रह गरेका थियौं ।



    कालीमाटी बजारमा तरकारी र फलफूल किन्न जानेको भीड लाग्ने गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका विभिन्न ११ ठाउँबाट तरकारी तथा फलफूल बेच्ने निर्णय गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।



    अब केही समय कालीमाटीमा तरकारी तथा फलफूलको भण्डारण मात्र गरिने समितिले जनाएको छ ।

    कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि बजारबाट कारोबार नगर्ने निर्णय गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेल जानकारी दिए ।

    लकडाउनका कारण बिहान २ बजेदेखि ६ बजेसम्म बजार खुल्ने गरेकोमा भीड बढेपछि काठमाण्डौका विभिन्न ११ वटा ठाउँमा तरकारी बिक्रीको व्यवस्था गरेर कालीमाटी बजार बन्द गरिएको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार