Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पोखरामा सेवा प्रवाहमा आनाकानी गर्ने २ वटा एम्बुलेन्स नियन्त्रणमा

    पोखरामा सेवा प्रवाहमा आनाकानी गर्ने २ वटा एम्बुलेन्स नियन्त्रणमा

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 3.1K
    SHARES

    फाइल: तस्विर

    कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने २ वटा एम्बुलेन्स नियन्त्रणमा लिई कारबाही गरेको छ । पोखरामा सञ्चालित मेट्रो सिटी र फेवा सिटी अस्पतालका ग १ च ५४९२ र ग१च २७१४ नम्बरका एम्बुलेन्स सेवाग्राहीले बोलाउँदा विभिन्न बहाना गरी सेवा दिन आनाकानी गरेकोले चालकसमेतलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

    केसीका अनुसार लकडाउन शुरु भएदेखि हालसम्म २४ वटा गाडी कारबाहीमा परेका छन् । लकडाउनको अवज्ञा गर्ने ३ हजार ५ सय ७७ नागरिकलाई नियन्त्रणमा लिई सचेतनामूलक जानकारी पश्चात छोडिएको जानकारी दिँदै उनले यस अवधिमा २ सय हजार ३५६ मोटरसाइकललाई कारबाही गरिएको जानकारी दिए ।



    त्यस्तै यही २१ चैतमा मानिसको मृत्यु भएकाले मलामी जानका लागि भनी जिल्ला प्रशासन कार्यालय कास्कीबाट लिएको सवारी पासको दुरुपयोग गरी मानिस ओसारपसार गरेको गरेको भन्दै स्याङ्जा भिरकोट–६ का लीलाप्रसाद पङ्गेनी र स्याङ्जाकै अर्जुनचौपारी–५ बस्ने प्रताप पौडेललाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ । रासस



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार