Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सत्तारुढ गठबन्धन बैठक

    अन्तत : मन्त्रीको भागबण्डा मिल्यो, कांग्रेसलाई ८, माओवादी र जसपालाई ७ मन्त्रालय

    अन्तत : मन्त्रीको भागबण्डा मिल्यो, कांग्रेसलाई ८, माओवादी र जसपालाई ७ मन्त्रालय

    अनलाइन नेपाल
  • बिहिबार, १४ साउन २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अन्तत : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीको भागबण्डा मिलाएका छन्।

    बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले काँग्रेसलाई प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्र र जसपालाई ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।



    बैठकले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको हो । स्रोतका अनुसार माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस, माओवादी र जसपाले मन्त्रालयको भागबण्डा मिलाएका हुन् ।



    स्रोतका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको स्रोतको भनाइ छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको बाहिर आइसकेको छैन।

    अहिले मन्त्रालयकै बिषयलाई लिएर कांग्रेसको बैठक र जसपाको बैठक बसिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार