काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।
सिंहदरबारमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय हरी मैनाली, डिल्लीराज शर्मा र राज कुमार श्रेष्ठको नाम सिफारिस गरेको हो ।
मैनाली श्रम, रोजगार तथा रोजगार मन्त्रालयमा छन् भने शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र श्रेष्ठ निर्वाचन आयोगको कार्यालयमा कार्यरत छन् ।
सचिव बढुवाको निर्णय अब बस्ने मन्त्रिपरिषद् बैठकबाट हुने बताइएको छ ।
Leave a Reply