Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • प्रचण्डलाई छाडेर ओलीको पछि लाग्ने नेताहरुको बेहाल, सांसदमा पुनर्वहाली गर्न सर्वोच्चमा रिट

    प्रचण्डलाई छाडेर ओलीको पछि लाग्ने नेताहरुको बेहाल, सांसदमा पुनर्वहाली गर्न सर्वोच्चमा रिट

    अनलाइन नेपाल
  • बुधबार, १३ साउन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका पूर्व नेताहरु यतिबेला तनाबमा रहेका छन्।

    पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि माओवादीबाट एमालेमा प्रवेश गरेका उनीहरु यतिबेला पदविहीन भएपछि तनाबमा भएका हुन्।



    त्यतिबेला एमाले प्रवेश गर्नेमा माओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रहेका थिए।



    तर, पछिल्लो समय गैरसंबैधानिक भन्दै सर्वोच्च अदालतले उनीहरुको मन्त्री पददेखि सांसद पद दुवै खोसेपछि यतिबेला पुन: सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै चार नेता सर्वोच्चमा रिट दायर गर्न पुगेका छन्।

    नेकपा (माओवादी केन्द्र)को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका चारजना पूर्वमाओवादी नेताहरू बुधबार पुनर्वहालीको माग गर्दै सर्वोच्च पुगेका हुन्।

    गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै नेता रायमाझी, भट्ट, साह र चौधरी परमादेशबाट सांसद पदमा पुनर्वहालीको माग गर्दै अदालत गएका हुन्।

    उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार