Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • कोरोना सुरु भएको साढे २ महिनापछि वुहानमा ‘लकडाउन’ हटाइयो

    कोरोना सुरु भएको साढे २ महिनापछि वुहानमा ‘लकडाउन’ हटाइयो

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 2.4K
    SHARES

    फाइल फोटो

    वुहान : चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा ७६ दिनपछि ‘लकडाउन’ हटाइएको छ। मंगलबार लकडाउन हटाइएसँगै यातायातका सबै साधन पुनः सञ्चालनमा आएका छन् भने बजार खुलेको छ।

    यातायात र बजार खुले पनि विद्यालय तथा प्रान्तीय कलेजको नयाँ सेमेस्टरका कक्षा भने स्थगित नै रहने चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। वुहानलाई महामारी नियन्त्रणका लागि उच्च प्राथमिकता राखिएको र नागरिक पनि सतर्क रहनुपर्ने वुहानका चिनियाँ राजनीतिक परामर्श सम्मेलन प्रमुख हु शुङ्ग्वाङले बताएका छन्।



    प्रमुख हुले नयाँ संक्रमण नदेखिदैमा भाइरसको जोखिम शून्य भएको मान्न नसकिने बताएका छन्। उनका अनुसार अझै पनि महामारी नियन्त्रण र रोकथाम संकटपूर्ण रहेको छ। अन्नपुर्ण पाेष्टबाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार