Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपालमा एक वर्षमै ३६ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन आयात, यसको सङ्केत के ?

    नेपालमा एक वर्षमै ३६ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन आयात, यसको सङ्केत के ?

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ। कोरोना भाइरस महामारीबीच नेपालमा गत आर्थिक वर्षमा मोबाइल फोनको आयातमा खर्च भएको रकम अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोबर पुगेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।

    विभागका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३६ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबरको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरिएको छ।



    राजश्व बापत मात्र नेपाल सरकारले पाँच अर्ब ८४ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।



    आर्थिक वर्ष २०७६/०७७ मा भने १८ अर्ब १७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको ४३ लाख ६५ हजार ९९० वटा मोबाइल सेट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

    त्यसबाट सरकारले २ अर्ब ८७ करोड ९१ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको तथ्याङ्क छ।

    यी अवधिमा नेपालले खासगरी छिमेकी मुलुक भारत र चीनबाट मोबाइल फोनका ब्याट्री पनि उल्लेख्य सङ्ख्यामै आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखा बीबीसीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार