Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • प्रतिनिधिसभा बैठक

    पब्जी र फ्रि फायर जस्ता अनलाइन खेल बन्द गर्न सरकारसँग सांसदको माग

    पब्जी र फ्रि फायर जस्ता अनलाइन खेल बन्द गर्न सरकारसँग सांसदको माग

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 4.6K
    SHARES

    काठमाडौँ । सांसद आशाकुमारी बिकले अनलाइन गेमको कुलतमा फसेर बालबालिका मानसिक रोगी बन्दै गइरहेको बताउँदै तत्काल बन्द गर्न सरकारसँग आग्रह गरेकी छिन्।

    मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बिकले त्यस्ता गेम बन्द गर्न आग्रह गरेकी हुन् ।



    ‘इन्टरनेट प्रयोग बढेको छ, यो खुशीको कुरा हो। तर, पब्जी र फ्रि फायर जस्ता खेलको लतमा बालबालिका परेका छन्,’उनले भनिन्, ‘उनीहरुमा डराउने, झस्किने, जिद्दीपना जस्ता अनौठो बानी देखिएको छन्। पछि गएर मानसिक रोगी बन्न सक्छन्। त्यसैले अनलाइन गेम बन्द गरियोस्।’



    सांसद बिकले सरकारले यी गेम बन्द नगरे अभिभावक नै न्याय खोज्दै अदालत जानुपर्ने दिन आउने समेत बताइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार