काठमाडौँ। जुम्लाका सांसद गजेन्द्रबहादुर महतले सरकारलाई झुटा गफ नदिन आग्रह गरेका छन्।
आज प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद महतले यसअघिको गफाडी सरकारलाई बल्लतल्ल बिदा गरेको बेला अहिलेको सरकार पनि उही गफकै शैलीमा लागेको हो कि भन्दै प्रश्न गरे।
उर्जामन्त्री पम्फा भुसालले बिपन्न वर्गका परिवारलाई निशुल्क बिजुली दिने घोषणा गरेको स्मरण गर्दै उनले प्रश्न गरे, ‘खनखनी पैसा तिरेर बत्ति बाल्छु भन्दा त कर्णालीका जनताले बत्ति पाएका छैनन् भने यो कसरी सम्भव छ ? यो कुरा नगर्दा राम्रो होला।
‘माननीय मन्त्री र सरकारले गर्दा हामीले लोगो लुकाएर हिड्न परेको छ,’ संसदमा उनले भने।
Leave a Reply