Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आज (२६ चैत्र) को राशिफल: कस्ताे छ तपाइँकाे भाग्यफल?

    आज (२६ चैत्र) को राशिफल: कस्ताे छ तपाइँकाे भाग्यफल?

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 1.6K
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा भने लाभ लिन नसकिएला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।



    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पारिवार संग रमाइलो समय बित्नेछ । प्रेममा जीवनमा मधुरता छाउनेछ ।



    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेजस्तो लाभ हासिल गर्न केही समय अझै कुर्नुपर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । स्वास्थ्य प्रति सचेत रहनुहोला ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनपरेको खनेकुरा खान पाईनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्य प्रति सजक रहनु होला । मनमा दुविधा उत्पन्न हुनेछ । मानशीक चिन्ता बढ्ला । विचार गरेर निर्णय लिनु नै बुद्धिमानी हुनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आय, व्यय, सुख, दुख, लाभ, हानी वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन राम्रै रहला । शुभकार्यको चर्चा चल्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । सेवा मूलक कार्यमा रुची बढ्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न घरायसी कार्यहरू सम्पन्न हुनेछन् । शुभकार्यको चर्चा रहला ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आर्थिक लाभको भरपुर कोसिस रहनेछ । प्रेममा सम्बन्धमापनि राम्रो हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) श्रआज मको उचित कदर हुनेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यापार व्यवसायमा भने त्यति सफलता नमिल्ला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कारेसाबारी र प्रकृतिसंग मन लाग्नेछ । राजनीतिक कार्यमा सफलता मिल्ने योग छ । बन्धु बान्धवबाट सहयोगपनि मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार