Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • अमेरिकी उप विदेशमन्त्री चीन भ्रमणमा

    अमेरिकी उप विदेशमन्त्री चीन भ्रमणमा

    अनलाइन नेपाल
  • मंगलबार, १२ साउन २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । अमेरिकी उप विदेशमन्त्री वेन्डी सेरमनको चीन भ्रमण दुई देशको सम्बन्ध सुधारमा केन्द्रित भएको छ ।

    नयाँ सरकार गठनपछि चीन भ्रमण गर्ने सेरमन पहिलो वरिष्ठ अमेरिकी अधिकारी हुन । अमेरिकी उपविदेशमन्त्रीसँगको भेटवार्तामा चीनका समकक्षी शी फङले आफ्नो नेतृत्वलाई बदनाम नगर्न आग्रह गर्दै अमेरिका चीनबीचको तिक्तता मेटाउनुपर्नेमा जोड दिए ।



    अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनप्रति विशेषतः मानवअधिकार र प्रतिबन्धजस्ता विषयमा कडा नीति अवलम्बन गरेका छन् । चीनको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा अमेरिकाले आफ्नै संरचनागत समस्याका लागि पनि चीनलाई दोष दिने गरेको उल्लेख छ ।



    अमेरिकी उपविदेशमन्त्री सेरमनले चीनको दुई दिने भ्रमणलाई बाइडेन र सी जिनपिङबीच हुन सक्ने भेटको तयारीका रूपमा लिइएको छ । अमेरिकी उपविदेशमन्त्रीको चीनको भ्रमणअघि बेइजिङले अमेरिकी केही नागरिक र संस्थामाथि प्रतिबन्धको निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार