Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • अमेरिकामा एकैदिन काेराेनाले १४ सय बढीको मृत्यु

    अमेरिकामा एकैदिन काेराेनाले १४ सय बढीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २६ चैत्र २०७६
  • 1.7K
    SHARES

    एजेन्सी । कोराना संक्रमणका कारण अमेरिकामा चौबिस घण्टामा १ हजार ४ सय जनाको मृत्यु भएको छ । मंगलबार बेलुका सम्मको तथ्यांक अनुसार अमेरिकामा १ हजार ४ सय ४ जानको मृत्यु भएको हो । त्यस्तै २४ घण्टामा त्यहाँ १९ हजार ५ ८३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

    योसहित अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या जम्मा १२ हजार २ सय ७५ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ८६ हजार ५ सय ८७ पुगेको छ ।



    पछिल्लो केही समयदेखि अमेरिकामा मृतक र संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् ।



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार