एजेन्सी। ट्युनिसियाका राष्ट्रपतिले त्यहाँको संसद निलम्बन गरेका छन् र साथै प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेका छन् ।
ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार त्यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले त्यहाँको संसद पनि निलम्बन गरेको बताइएको छ ।
आइतबार राति उनले त्यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए । राष्ट्रपति काइस सेइदले आइतबार राति चालेको यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिएका छन् ।
त्यसपछि त्यहाँको सरकारको नेतृत्व पनि उनी आफैले गरेका छन् । उनले अकस्मात गरेको सो घोषणामा अर्काे प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेतृत्व गर्ने बताएका छन्।
त्यसैगरी त्यहाँको संसद पनि उनले निलम्बन गरेर सबै सांसदहरुको पद स्वतह खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गराएका छन् ।
आइतबार मात्र त्यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए । उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए ।
Leave a Reply