Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • चौधरी ग्रुपले नबिल बैंकमार्फत गैरकानुनी रुपमा बिदेश रकम लैजाने गरेको खुलासा

    चौधरी ग्रुपले नबिल बैंकमार्फत गैरकानुनी रुपमा बिदेश रकम लैजाने गरेको खुलासा

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 3.4K
    SHARES

    काठमाडौं। देशकै ठुलो व्यापारिक समुह चौधरी ग्रुपले अबैध रुपमा बिदेशमा रकम लैजाले गरेको खुलासा भएको छ । पूर्व संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उक्त कुराको खुलासा गरेका हुन।

    चौधरी ग्रुपले गैरकानुनी बाटोबाट बर्षेनी अर्बौं रकम विदेश लगेको हुँदा उक्त रकम रोक्न समेत उनले माग गरेका हुन। बास्कोटाले मंगलबार सामाजिक संजालमा नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई बधाई तथा शुभकामना दिदै त्यस्तो गैरकानुनी काम रोक्न सुझाव दिएका हुन् ।



    गभर्नर अधिकारीलाई शुभकामना दिंदै बास्कोटाले भनेका छन्–‘एनबी इन्टरनेशनल जस्ता कम्पनीले पश्चदर्शी कानुन बनाउन लगाउने सफलता मार्फत गैरकानुनी बाटोबाट लाभांशका नाममा विदेश पठाउँदै गरेको अर्बौ रकम रोक्न सक्नुहोस् ।



    बास्कोटाले भनेको एनबी इन्टरनेशनल आयरल्याण्डमा रहेको कम्पनी हो । यो कम्पनीमा चौधरी ग्रुपको लगानी छ । चौधरी ग्रुपका प्रमुख बिनोद चौधरी हुन। चौधरी ग्रुपले एनबी इन्टरनेशनल मार्फत नबिल बैंकमा लगानी गरेको छ ।

    बैंकमा एनबी समूहको ५० प्रतिशत लगानी छ । अर्थात बैंकले दिने लाभांशको ५० प्रतिशत रकम एनबी समूह मार्फत विदेश जान्छ । पूर्व मन्त्री बास्कोटाले यसरी रकम विदेश जानु गैरकानुनी रहेको दाबी गर्दै त्यसलाई रोक्न नवनियुक्त गभर्नरलाई सुझाव दिएका हुन् ।

    मन्त्री रहँदै बास्कोटा चौधरी समूहका बिरुद्ध खरो रुपमा उत्रिने गरेका थिए । उनैले चौधरी समूहको सिजी टेलिकमको लाइसेन्स खारेज समेत गरिदिएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार