Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सीडीएमए सीम हुनेलाई टेलिकमको आकर्षक अफर: ६ महिनासम्म निःशुल्क कल, एसएमएस र इन्टरनेट

    सीडीएमए सीम हुनेलाई टेलिकमको आकर्षक अफर: ६ महिनासम्म निःशुल्क कल, एसएमएस र इन्टरनेट

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले सीडीएमए मोबाइल हुनेहरुको लागि आकर्षक अफरसहितको प्योकज ल्याएको छ । आफूसँग भएको सीडिएमए मोबाइललाई जीएसएम मोबाइलमा रुपान्तरण गर्नेका लागि टेलिकमले यस्तो अफर ल्याएको बताएको हो ।

    यसरी मोबाइल ट्रान्सफर गर्नेलाई नयाँ प्राप्त हुने जीएसएम प्रिपेड सीममा ६ महिनासम्म ३०० मिनेट कल, ३०० वटा एसएमएस र ४ जीबी डाटा निशुल्क उपलब्ध हुनेछ ।



    त्यस्तै, सीडीएमए पोस्टपेडलाई परिवर्तन गरी जीएसएम पोस्टपेड बनाउनेलाई ६ महिनासम्म मासिक ३०० मिनेट कल, ३०० वटा एसएमएस, सबै नेटवर्कमा ५० मिनेट कल र ६ जीबी डाटा निःशुल्क रुपमा उपलब्ध हुनेछ ।



    यसरी सीम परिवर्तन गर्दा सीडीएमएमा रहेको ब्यालेन्स स्वतः नयाँ सीममा ट्रान्सफर हुने र सीम परिवर्तनको शुल्क पनि नलाग्ने टेलिकमले प्रष्ट पारेको छ ।

    कस्तो हुन्छ नयाँ नम्बर ?

    सीडीएमएलाई परिवर्तन गरी बन्ने जीएसएम प्रिपेडको पछिल्लो ७ वटा नम्बर पहिलेकै हुनेछ भने जीएसएम प्रिपेडको पछिल्लो ६ वटा नम्बर एउटै हुनेछ । उदाहरणको लागि यसअघि ९७४१५५५५५५ नम्बर रहेको फोनको नम्बर अब ९७६१५५५५५५ बन्नेछ । त्यस्तै, अहिले भएको ९७५१०५५५५५ नम्बरको टेलिफोन नम्बर ९८५१३५५५५५ नम्बरमा रुपान्तरण हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार