काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले युथ फोर्सलाई भ्रष्टाचारविरुद्ध अभियान चलाउन निर्देशन दिएका छन् । जनताले राम्रो नठान्ने काम नगर्न भन्दै उनले युथफोर्स फरक परिवेशमा गठन भएको भए पनि परिवर्तित परिस्थिति अनुसार काम गर्नुपर्ने बताए।
शनिबार राजधानीमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले भने–‘परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगारसँग अभियान चलाउने काम तपाईंहरुले गनुपर्छ । भ्रष्टाचार विरुद्ध अभियान चलाउनुपर्छ ।’
युथफोर्स आतंकको स्रोत नभइ आतंक सिर्जना गर्नेलाई तह लगाउने सांगठन भएको बताउँदै उनले भने–‘युथफोर्स आतंकको स्रोत होइन, कोही आतंक सिर्जना गर्न चाहान्छन् भने त्यसलाई ठेगान लागउने संगठन हो । हामी कानुनी शासनलाई मान्छौं । कानुन हातमा लिँदैनौं ।’
Leave a Reply