Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कांग्रेसको महाधिवेशन सर्न सक्ने संकेत, तल्लो तहका सबै अधिवेशन स्थगित

    कांग्रेसको महाधिवेशन सर्न सक्ने संकेत, तल्लो तहका सबै अधिवेशन स्थगित

    अनलाइन नेपाल
  • शनिबार, ९ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज पार्टी सभापति शेरवहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो ।

    बैठकले अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ ।



    वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने कार्यक्रम तय भएको छ । क्रियाशील सदस्यताको काम कार्यतालिका अनुसार नहुँदा महाधिवेशन प्रभावित भएको हो ।



    सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि भदौ दोस्रो साता तोकिएको महाधिवेशन सर्न सक्ने संकेत देखिएको कांग्रेसकै नेताहरु बताउँछन् ।

    आजको बैठकमा पनि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल भएको स्रोतले बतायो । बैठकमा पूरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानूनी र संवैधानिक उपाय सोच्ने लगायतका विकल्पमा छलफल भएको बताइएको छ ।

    यद्यपी कांग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले भने महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताएका छन् ।

    उनले भने–‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएको छ ।अब कहिले गर्ने भन्नेमा पछि निर्णय हुन्छ ।’ वडा अधिवेशन स्थगन हुनुको अर्थ केन्द्रीय महाधिवेशन पनि सर्छ भन्ने होइन । अहिले केन्द्रीय महाधिवेशनको मिति यथावत नै छ ।’

    वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ । कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

    त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका थियो ।

    शनिबार सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अहिलेसम्म समितिले गरेका कामको बारेमा जानकारी गराएका थिए ।

    बैठकमा सभापति देउवाले पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनसनको सम्बोधन गर्न निर्देशन दिएका छन् । उनले शनिबार साँझसम्म धर्नामा बसेका नेता कार्यकर्ताको विषयगत माग सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

    देउवाले सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसहमहामन्त्री डा. रामशरण महतलाई धर्नामा बसेकाहरुसँग वार्ता गर्ने जिम्मेवारी दिएका छन् ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार