चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
हत्यामा संलग्न भएको आरोपमा चितवन प्रहरीले नेपाली सेनामा कार्यरत गंगाधर ढकाललाई पक्राउ गरेको छ ।
नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको हिजो भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा भन्ने स्थान नजिकैको पुलमा लाश फेला परेको थियो ।
उनको टाउकोमा गोली लागेको थियोे । प्रहरी प्रहरी ढकालको साथबाट गुरुङलाई गोली हान्न प्रयोग भएको एक थान पेस्तोल र एउटा एसएमजी बरामद गरेको छ ।
पक्राउ परेका व्यक्ति र घटनाको सम्बन्धमा प्रहरीले पत्रकार सम्मेलन गरेर हत्यारा सार्वजनिक गर्ने जनाएको छ ।
प्रहरीले घटनास्थलबाट गोलीको खोका समेत बरामद गरेको थियो ।
Leave a Reply