Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • विश्वभर कोरानाबाट ७४ हजार बढीको मृत्यु, यस्ताे छ ४५ देशकाे पछिल्लाे अवस्था

    विश्वभर कोरानाबाट ७४ हजार बढीको मृत्यु, यस्ताे छ ४५ देशकाे पछिल्लाे अवस्था

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 1.7K
    SHARES

    जेनेभा । चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संंसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।



    कोरोनाभाइरस संक्रमणबाका केही मुलुकको पछिल्लो परिदृश्य ।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार