काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाटो बिराएकाहरुलाई आममाफी दिने बताएको बेला बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले काउन्टर जवाफ दिएको छ।
ओली र नेपालबीच भेटवार्ताको तयारी भइरहेको समाचार सार्वजनिक पनि भएको थियो। तर त्यसबारे नेपालको सचिवालयले जानकारी नभएको जनाएको छ ।
नेपालका स्वकीय सचिव मोहन गौतमले ओली र नेपालबीच भेट भएको वा हुने भन्ने समाचारमा सत्यता नरहेको र भेट्ने समय पनि तय नभएको बताएका छन् ।
गौतमले सामाजिक सन्जालमा लेखेका छन्, ‘विभिन्न सन्चार माध्यमहरूमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली बीच आज भेट भएको र हुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहाँहरू बीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।’
Leave a Reply