एजेन्सी। युरोपियन राष्ट्र रुसमा भ्रष्टाचार गरेको आरोपमा प्रहरीहरूको एउटा समूहलाई अनुसन्धानकर्ताहरूले पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा स्ट्राभ्रोपल क्षेत्रका ट्राफिक प्रहरी प्रमुख आलेक्सी साफोनोभ र अन्य छ जना र ट्राफिक प्रहरीका कार्यालयहरू पनि रहेको रुसी समाचारहरु जनाएको छ।
अनुसन्धानकर्ताहरूले उनीहरुलाई पक्राउ गर्न धेरै ठाउँमा छापा मारेको र तीमध्ये एउटा भव्य महलमा सुनको जलप लगाइएको शौचालय तथा अन्य विलासी सामग्रीहरू फेला परेको हो।
जाँच समिति एसकेको वेबसाइटमा राखिएको भिडिओमा उक्त भवनभित्र अत्यधिक खर्च गरेर सजावट गरेको देखिन्छ। एसकेले आफूले ८० वटा स्थानमा खानतलासी गरेको बताएको छ।
व्यापार-व्यवसाय गर्ने नक्कली अनुमतिपत्र जारी गरेर ती ट्राफिक प्रहरीले घुस लिएको आरोप लागेको थियो।
त्यस्तो अनुमतिपत्र प्रयोग गरेका चालकले अनधिकृत रूपमा अन्न र निर्माण सामग्री बोकेका सवारीसाधन बिनाजाँच प्रहरी जाँचचौकीहरू वारपार गर्न पाएको बताइएको छ।
आरोपितहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। खानतलासीको क्रममा ठूलो मात्रामा नगद र विलासिताका महँगा सामग्री बरामद भएको बताइएको छ।
Today's Russian papers display the gold toilet of a Russian police chief arrested on corruption charges. Describing his garish residence, one paper says: “It’s sad that in 30 years we’ve learned how to steal, but not how to spend the money.” #ReadingRussia @BBCNews @BBCWorld pic.twitter.com/jeRObjNzFD
— Steve Rosenberg (@BBCSteveR) July 21, 2021
Leave a Reply