काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ४७५ जना निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७१५ पीसीआर परीक्षण गर्दा १ हजार ९१८ जना र ३ हजार ९०१ परीक्षण गर्दा ९२० गरी २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ६३७ जनाको मृत्यु भएको छ ।
यसअघि हिजो ३,०१८ जनामा संक्रमण पुष्टि हुँदा १,५९५ जना डिस्चार्ज भएका थिए भने २५ जनाको मृत्यु भएको थियो।
Leave a Reply