काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ५९५ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८३६ पीसीआर परीक्षणमा २ हजार २०२ जना र ४ हजार २९९ एन्टिजेन परीक्षण गर्दा ९०६ गरी ३ हजार १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ६०७ जनाको मृत्यु भएको छ ।
यसअघि हिजो २,४४५ जनामा संक्रमण पुष्टि हुँदा १,२५८ जना डिस्चार्ज भएका थिए भने ३२ जनाको मृत्यु भएको थियो।
Leave a Reply