Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • स्वास्थ्य सामग्री घाेटालाका दोशीलाई कारवाही नगर्ने प्रधानमन्त्रीको संकेत

    स्वास्थ्य सामग्री घाेटालाका दोशीलाई कारवाही नगर्ने प्रधानमन्त्रीको संकेत

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 2.8K
    SHARES

    काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरि महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे नियन्त्रण तथा राेकथामकाे लागि चीनबाट खरिद गरिएकाे स्वास्थ्य सामग्रीमा भएकाे अनियमिततामा संलग्नलाइ कारवाही नगर्ने संकेत देखाएका छन्।

    मंगलबार सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले घुमाउराे शैलीमा यस्ताे संकेत देखाएका हुन्। उनले सरकारमाथि मिडिया र केही ब्यक्तिले यस्ताे गम्भीर परिस्थितिमा काम गरिरहेका ब्यक्तिहरू अनियमितता गरेर भनेर निराधार आरोप लगाइएकाे बताए।



    उनले भने, सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।  भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । ‘



    प्रधानमन्त्रीकाे यस्ताे अभिव्यक्तिले स्वास्थ्य सामग्री खरिदमा भएकाे अनियमिततामा संलग्नहरूमाथि कारवाही नहुने निश्चित  देखिएकाे छ। प्रधानमन्त्रीकै सचिवालालयका व्यक्तिहरु मुछिएका छन्। तर, केही दिनअघि सत्तारूढ दल नेकपाका वरिष्ठ नेता झलनाथ खनालले यस विषयमा सरकारले नै सबै कुराको जिम्मेवारी लिनुपर्ने बताएका थिए ।

    ‘यो बेलामा जहाँ पाउन सकिन्छ राम्रो औषधिहरू चाँडोभन्दा चाँडो ल्याउने र नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी सरकारको हो,’खनालले भनेका थिए,’यसलाई अन्यथा ढंगले कसैले केही गर्छ भने त्यस्तो खालको अपराध गर्नेलाई कडाभन्दा कडा सजाय दिनुको कुनै विकल्प हुँदैन।’ सरकारले गरेको गडबडीको पार्टीले समेत अध्ययन गर्ने भन्दै खनालले दोषीलाई उम्कन नदिनेतर्फ सबै गम्भीर हुनुपर्ने बताएका थिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार