काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार २५८ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ पीसीआर परीक्षणमा १ हजार ६४२ जना र ३ हजार ८३१ एन्टिजेन परीक्षण गर्दा ८०३ गरी २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ५८२ जनाको मृत्यु भएको छ ।
यसअघि हिजो १,८०१ जनामा संक्रमण पुष्टि हुँदा १,६६७ जना डिस्चार्ज भएका थिए भने २३ जनाको मृत्यु भएको थियो।
Leave a Reply