काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।
आज च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताउदै राजीनामा फिर्ता लिन आग्रह गरेका हुन्।
‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने, अध्यक्ष ओलीले भने,’ अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’।
पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए ।
यस्तै, बैठकले देउवालाई मत हाल्ने सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित रहेको थियो।
Leave a Reply