Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • क्वारेन्टाइनको झ्यालबाट फाल हानेर भागे युवक

    क्वारेन्टाइनको झ्यालबाट फाल हानेर भागे युवक

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 2.4K
    SHARES

    इलाम। इलाममा क्वारेन्टाइनको झ्यालबाट फाल हानेर एक युवक भागेका छन्। सिङफ्रिङमा रहेको क्वारेन्टाइनबाट गएराति सरोज अधिकारी भागेका हुन्। इलाम नगरपालिकाले व्यवस्थापन गरेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट सन्दकपुर गाउँपालिका–३, अधिकारी भागेका हुन्।

    बिहानको राति २ बजेतिर उनी भागेका हुन्। भारतको सिलिगुडीबाट आएका अधिकारीलाई गत २३ गते क्वारेन्टाइनमा राखिएको इलाम नगरपालिकाले जनाएको छ। यो क्वारेन्टाइनमा रहेका १० जनाको सुरक्षार्थ १२ प्रहरी परिचालन गरिएपनि प्रहरीलाई छक्याएर उनी भागेको नगरपालिकाका सूचना अधिकारी रामकुमार शाहले बताए।



    सुलुबुङ घर भएपनि अधिकारी कहिले इलाम नगरपालिका–५, बिब्ल्याँटेतिर, कहिले अरूतिरै बस्ने गरेको वडा–५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठले जनाए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार