काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ६६७ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६२८ पीसीआर परीक्षणमा १ हजार २२३ जना र ३ हजार एन्टिजेन परीक्षण गर्दा ५७८ गरी १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ५५० जनाको मृत्यु भएको छ ।
यसअघि हिजो १,८७५ जनामा संक्रमण पुष्टि हुँदा २,१६४ जना डिस्चार्ज भएका थिए भने २१ जनाको मृत्यु भएको थियो।
Leave a Reply