Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सीमा क्षेत्रमा २३ सय सशस्त्र प्रहरी परिचालन

    सीमा क्षेत्रमा २३ सय सशस्त्र प्रहरी परिचालन

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 3.6K
    SHARES

    काठमाडौं । सरकारले मुलुकभर लागू गरेको लकडाउनलाई कडा पार्ने निर्णय गरेपछि सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा थप २ हजार २ सय ८० जनशक्तिलाई खटाउने भएको छ ।

    सीमा क्षेत्रमा हुने घूसपैठलाई नियन्त्रण गर्न उक्त जनशक्ति खटाउन लागेको हो । यस बलले संवेदनशील क्षेत्रमा अस्थायी पोस्ट निर्माण गरेर थप जनशक्ति परिचालन गर्न लागेको बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।



    उहाँका अनुसार अहिले तालिम केन्द्र, बाहिनी र शिक्षालयमा रहेका जनशक्तिलाई सीमा क्षेत्रमा खटाइने र नेपाल तथा भारततर्फबाट हुने आवत–जावतलाई नियन्त्रण गर्ने उद्देश्यअनुसार काम भइरहेको छ ।



    कोरोना भाइरसको संक्रमणका कारण मुलुकभर लकडाउन गर्दा पनि भारतबाट नेपालतर्फ आउने क्रम नरोकिएपछि सरकारले नाकामा कडाइ गर्नका लागि सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको थियो ।

    सोहीअनुरूप अहिले सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालले बाहिनीहरूलाई तत्कालै उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएपछि बाहिनीहरूले आफ्नो कार्यक्षेत्रमा पर्ने सीमा क्षेत्रका संवेदनशील क्षेत्रको पहिचान गरी थप जनशक्ति परिचालन गर्ने कामलाई तीव्रता दिएको छ ।

    सरकारले लकडाउनलाई अझै एक हप्ता बढाउने तयारी गरेपछि भारतीय सीमा क्षेत्रमा कडाइ गर्ने तयारी गरेको हो । यता सशस्त्र प्रहरी बलका १ सय २० कर्मचारीलाई क्वारेन्टाइनमा राखेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार लामो बिदामा गएर कार्यालय फर्केका, विदेशबाट नेपाल आएका आफन्तलाई लिन गएका सशस्त्र प्रहरी कर्मचारी र सुदूरपश्चिम प्रदेशमा भारतबाट नेपाल प्रवेश गरेका नेपालीलाई व्यवस्थापन गर्ने काममा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई समेत क्वारेन्टाइनमा राखिएको छ ।

    सशस्त्र प्रहरीका ९६ जनालाई सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने विभिन्न कार्यालयमा क्वारेन्टाइनमा राखिएको छ भने प्रदेश नम्बर १ अन्तर्गत १७ जना, प्रदेश नम्बर २ मा २ जना, प्रदेश नम्बर ३ मा ५ जना र प्रदेश नम्बर ६ मा १ जनालाई क्वारेन्टाइनमा राखिएको पनि उहाँले जानकारी दिनुभयो । नेपाल समाचार पत्रबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार