Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • कोरोनाकाे महामारी: २४ घण्टामा ५ हजारको मृत्यु, ७२ हजार संक्रमित थपिए

    कोरोनाकाे महामारी: २४ घण्टामा ५ हजारको मृत्यु, ७२ हजार संक्रमित थपिए

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 1.6K
    SHARES

    एजेन्सी। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट २४ घण्टामा ७२ हजार ८ सय नयाँ संक्रमित थपिँदा ५ हजार २ सय व्यक्तिले ज्यान गुमाएका छन् ।बितेको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा ३० हजार ३ सय नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या २ लाख ६७ हजार नाघेको छ ।

    अमेरिकामा सोमबार १२ सय ५५ व्यक्तिको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८ सय नाघेको छ ।स्पेनमा संक्रमितको संख्या १ लाख ३६ हजार ६ सय पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ५ हजार नयाँ संक्रमित थपिँदा ७ सय व्यक्तिले ज्यान गुमाएका छन् ।
    पछिल्लो केही समयदेखि अमेरिकामा मृतक र संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् ।



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार