Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • ओलीले बोलाएको बैठक रोक्न भन्दै माधव पक्षीय नेताहरु बैठकस्थलमा प्रवेश गरेपछि…

    ओलीले बोलाएको बैठक रोक्न भन्दै माधव पक्षीय नेताहरु बैठकस्थलमा प्रवेश गरेपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरु स्थायी कमिटी बैठक रोक्न भन्दै  च्यासलमा पुगेका छन् ।

    बैठक सुरु भएको करिब आधा घण्टापछि पार्टीभित्रको विवाद समाधान गर्न गठन गरिएको कार्यदलका नेपाल पक्षीय सम्पूर्ण सदस्यहरु बैठक स्थल पुगेका हुन् ।



    ‘तपाईंहरु बैठकमा सहभागी हुन आउनुभएको हो ?’ भन्ने पत्रकारहरुको प्रश्नमा माधव पक्षका कार्यदलका संयोजक भीम रावलले भने, ‘हामी बैठक रोक्नका लागि आग्रह गर्न आएका हौँ ।’



    रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य बैठक रोक्नु बैठक हलमा प्रवेश गरेका छन ।

    बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार