काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल पक्षले पनि अखिल फोर्स गठन गरेको छ ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच माधव नेपालनिकट अनेरास्ववियूले तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरेको अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमले बताए ।
ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको नेपाल समूहका अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले बताए । उनले भने, ‘ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फोर्स गठन गरेका हौं । अब देशैभर संगठन निर्माण हुन्छ ।’
गत सोमबार ओली पक्षले नेता महेश बस्नेतको अगुवाईमा क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स पुनर्गठन गरेको थियो।
Leave a Reply